२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा. महावीर पुनको नियुक्ति

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.7K
    SHARES
  • नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा. महावीर पुनको नियुक्ति

    काठमाडौँ : नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई एक वर्षको लागि पुनः नियुक्त गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुन २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डर रहँदै आएका छन्।

    यसपटक पनि सम्झौता अवधि थपिएको छ। कात्तिक १२ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महावीर पुनबीच उक्त नवीकरण सम्झौतामा हस्ताक्षर भएको थियो।

    सम्झौतापश्चात् डा. पुनले नेपाल बैंकसँग पुनः ब्राण्ड एम्बास्डरको रुपमा आवद्ध हुन पाउँदा आफ्नो खुसी व्यक्त गरे। उनले नेपाल बैंकको गौरवमय इतिहासको हिस्सा बन्न पाउनु गर्वको विषय भएको बताए।

    प्रमुख कार्यकारी अधिकृत पाण्डेयले पनि डा. पुनजस्तो प्रेरणादायी व्यक्तित्वसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा नेपाल बैंकलाई गर्वको अनुभव भएको उल्लेख गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ