काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकदिवसीय बिजनेस रिभ्यु मिट काठमाडौंमा सम्पन्न भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ का बाँकी अवधिका लागि नयाँ सेल्स रणनीति तय गरिएको छ।
कार्यक्रम नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संचालक अग्रवालले कम्पनीले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद गरेको उपलब्धिको प्रशंसा गर्दै, कम्पनीका सबै कर्मचारीलाई धन्यवाद दिए। उनले नेपाल लाइफले जीवन बीमा उद्योगमा मार्गदर्शकको भूमिका निर्वाह गरेको र भविष्यमा अझै ठूलो सफलताको सम्भावना रहेको बताए।
ग्राहक मैत्री सेवा प्रवाहका लागि संचालक समिति सधैं तयार रहेको र बीमा उद्योगमा आमूल परिवर्तन ल्याउन कम्पनीको उत्कृष्ट टिम तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै सबै अभिकर्ता, कर्मचारी र सरोकारवालाहरुलाई धन्यवाद दिए। बीमा सम्बन्धी जनचेतनाको अभाव रहेको र यस क्षेत्रमा अझै प्रचुर सम्भावना रहेको बताए।
नेपाल लाइफले नयाँ र इनोभेटिभ प्रोडक्टहरू बजारमा ल्याएर बीमा बजारको विस्तारमा योगदान पुर्याइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने योजनामा रहेको जानकारी दिए।
कम्पनीले कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिमहरू सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्यो। सेल्स टिमका नेशनल सेल्स हेड तथा प्रादेशिक प्रमुखहरूले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरे।
समापन मन्तव्यमा नायव प्रमुख कार्यकारी अधिकृत कयालले कम्पनीको सफलतामा योगदान गर्ने सबैलाई धन्यवाद दिए। उनले ग्राहकहरूको सुविधाका लागि नविनतम प्रविधिको प्रयोग भइरहेको र ग्राहकहरूले घरमै बसेर सबै सेवा लिन सक्ने प्रणालीको विकास भइसकेको जनाए।



