काठमाडौँ : आज लक्ष्मीपुजाको दिन पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज बिहिबार लक्ष्मीपुजाको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७१ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर २ हजार ९० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य २ हजर १ सय २० रुपैयाँ थियो।



