२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

छठ पर्वको तयारी: भारतबाट जनकपुरमा ८५ ट्रक केरा आयात

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 961
    SHARES
  • छठ पर्वको तयारी: भारतबाट जनकपुरमा ८५ ट्रक केरा आयात

    काठमाडौँ : छठ पर्वको तयारीका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा यसवर्ष पनि ठूलो परिमाणमा केरा आयात गरिएको छ। स्थानीय उत्पादनले माग धान्न नसक्ने भएकाले करिब पाँच करोड रुपैयाँ बराबरका ८५ ट्रक केरा भारतबाट ल्याइएको छ।

    जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार छठ पर्वमा व्रतालुहरूले भगवानलाई सिङ्गै केराको घरी चढाउने परम्परा भएकाले यसको माग अत्यधिक हुन्छ।

    स्थानीय उत्पादन पर्याप्त नभएकाले हरेक वर्ष भारतबाट केरा आयात गर्नुपर्ने बताइएको छ। गत वर्षको तुलनामा यसवर्ष केराको मूल्यमा २० प्रतिशत वृद्धि भएको छ।

    जनकपुरधाममा गोपाल र वंशीभोग केरा सप्तरीको भारदह, भान्टाबारी र इनरुवा क्षेत्रबाट ल्याइएको छ भने मालभोग, मिरिचमान र चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट आयात गरिएको हो।

    फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेका अनुसार छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले माग उच्च छ।, जसका कारण यसवर्ष गत वर्षको तुलनामा २५-३० ट्रक बढी केरा मगाइएको छ।

    यादवका अनुसार १० चक्काको ट्रकमा करिब १ हजार २ सय घरी केरा अटाउँछ र जनकपुरसम्म ल्याउन प्रतिट्रक करिब छ लाख रुपैयाँ खर्च लाग्छ। बजारमा प्रत्येक केराको घरीलाई ५ सयदेखि १ हजार रुपैयाँसम्म मूल्यमा बिक्री गरिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ