२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तिहारको स्वास्थ्यप्रद उपहार : भाइमसला र यसको पोषण लाभ

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.3K
    SHARES
  • तिहारको स्वास्थ्यप्रद उपहार : भाइमसला र यसको पोषण लाभ

    काठमाडौँ : तिहार विशेष रूपमा स्वास्थ्य र दीर्घायुको कामना गर्ने पर्व हो। यो पर्वमा दिदीबहिनीहरूले दाजुभाइलाई प्रेमसहित टीका लगाई विभिन्न स्वास्थ्यकर मसलाहरू खुवाउने परम्परा छ। तिहारमा बजारका रङ्गीन मिठाइहरूभन्दा घरमै तयार गरिएका रोटी तथा भाइमसला खुवाउनु लाभदायक हुन्छ।

    भाइमसला जुन ओखर, बदाम, काजु, किसमिस, मखान जस्ता पौष्टिक तत्वयुक्त ड्राई फ्रूटहरूसहित तयार हुन्छ। स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ।

    भाइमसलाका मुख्य फाइदाहरू:

    1. ओखर: ओखरमा ओमेगा-३, फ्याटी एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ। यसले मस्तिष्क स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ र खराब बोसो घटाउन पनि सहायक हुन्छ। नियमित सेवनले मोटोपना, उच्च रक्तचाप र मधुमेहको जोखिम कम गर्छ।
    2. बदाम: बदाममा प्रोटिन, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ। उच्च रक्तचाप, मुटुको स्वास्थ्य, हड्डी बलियो बनाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने विशेषता छ।
    3. काजु: काजुमा प्रोटिन, क्यालोरी, कार्बोहाइड्रेट र म्याग्नेसियम पाइन्छ। यसले हड्डी, इम्यून सिस्टम र छाला स्वास्थ्यमा सुधार ल्याउँछ।
    4. किसमिस: किसमिसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ भने फ्याट कम हुन्छ। यसले पाचनशक्ति र आँखाको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ र मोटोपन घटाउन पनि उपयोगी मानिन्छ।
    5. पेस्ता: पेस्तामा भिटामिन बी ६, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले हेमोग्लोबिन बढाउन र मस्तिष्क स्वस्थ राख्न मद्दत गर्छ।
    6. सुख्खा नरिवल: सुख्खा नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ साथै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ। यी तत्वले शरीरलाई बलियो बनाउनमा मद्दत पुर्याउँछन्।
    7. दालचिनी: दालचिनीमा भिटामिन ए, बी, क्याल्सियम, आइरन र एन्टिफंगल तथा एन्टिब्याक्टेरियल तत्व पाइन्छ। यो मधुमेह नियन्त्रण, मस्तिष्क क्षमता सुधार र स्मरणशक्ति बलियो बनाउन सहयोग पुर्याउँछ।

    यसरी भाइमसलाका यी पौष्टिक तत्वहरूले तिहारमा दाजुभाइको स्वास्थ्य र दीर्घायुको कामना मात्र नभई स्वस्थ जीवनशैलीको आधार पनि तयार गर्छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ