काठमाडौं : सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २० गते विशेष साधारणसभा आयोजना गर्ने भएको छ। कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो। सभा काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान ८ बजे सुरु हुनेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीका पाँच जना नयाँ संचालकहरूको नियुक्तिका लागि पनि विशेष प्रस्ताव पारित गरिने योजना छ।
विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज गरेको छ। यसअनुसार, कात्तिक ११ गतेसम्म कायम रहेका शेयरधनीहरूले सभामा भाग लिन पाउनेछन्।



