२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.1K
    SHARES
  • आज पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ : आज देशभर मौसम बदली र वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिमी र स्थानीय वायुको प्रभावले गर्दा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने, केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज मंगलबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहन सक्छ। बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ भने मौसम सामान्यतया सफा हुने अपेक्षा छ।

    कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

    त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले बताएको छ।

    राति देशका पहाडी भूभागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ