काठमाडौं : आज बुधबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
आज बुधबार राति पनि पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।



