२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अधिक तरलता नियन्त्रणमा राष्ट्र बैंक सक्रिय, बैंकिङ प्रणालीबाट फेरि १०० अर्ब तान्दै

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.7K
    SHARES
  • अधिक तरलता नियन्त्रणमा राष्ट्र बैंक सक्रिय, बैंकिङ प्रणालीबाट फेरि १०० अर्ब तान्दै

    काठमाडौं : बैंकिङ प्रणालीमा तरलता अत्यधिक मात्रामा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा संकलन गरिरहेको छ। यसै क्रममा, आज मिति कात्तिक २१ गते, राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ सय अर्ब रुपैयाँ तान्ने भएको छ।

    केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि यस्तो उपाय अपनाएको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोलको आयोजना हुनेछ।

    निक्षेप संकलनमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्नेछन्। यसका लागि बहुब्याजदरमा बहुबोलकबोलको व्यवस्था गरिएको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

    यो निक्षेप संकलन उपकरण २१ दिने अवधि सम्मका लागि हुनेछ, जसमा मंसिर १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ