२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैंकहरूको बढ्दो तरलता: राष्ट्र बैंकले २ खर्बको आवेदनमा १ खर्ब मात्र तान्यो

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 2.4K
    SHARES
  • बैंकहरूको बढ्दो तरलता: राष्ट्र बैंकले २ खर्बको आवेदनमा १ खर्ब मात्र तान्यो

    काठमाडौं : बैंकिङ प्रणालीमा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ तानेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरी बैंकिङ प्रणालीबाट यो रकम तानेको हो।

    यसका लागि राष्ट्र बैंकले बुधबार अपराह्न ३ बजे अनलाइन बोलकबोल आयोजना गरेको थियो।

    बोलकबोल प्रक्रियामा २५ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ६६ वटा आवेदन प्राप्त भएका थिए, जसमा बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकलाई २ खर्ब ७ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराउन आवेदन दिएका थिए। तर, राष्ट्र बैंकले केवल १ खर्ब रुपैयाँ मात्र तानेको छ।

    यो २१ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण प्रयोग गरिएको थियो, जसको साँवा-ब्याज राष्ट्र बैंकले मंसिर १२ गते बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी गर्नेछ। यो रकमको औसत ब्याजदर २.७२ प्रतिशत कायम भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ