२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना! जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 2.2K
    SHARES
  • आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना! जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौं : आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा नै रहनेछ।

    गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ