२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बहालवाला मन्त्रीकै कम्पनी कालोसूचीमा, १२ भन्दा बढी ठेकेदार कारबाहीमा

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.3K
    SHARES
  • बहालवाला मन्त्रीकै कम्पनी कालोसूचीमा, १२ भन्दा बढी ठेकेदार कारबाहीमा

    काठमाडौं : सरकारले विभिन्न एक दर्जन बढी ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनसहित अन्य ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको हो। कान्छाराम कन्स्ट्रक्सन कांग्रेस नेता तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी हो, जसलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

    कालोसूचीमा परेका प्रमुख कम्पनीहरूमा:

    1. कान्छाराम कन्स्ट्रक्सन (मुख्य व्यक्ति: पूर्णबहादुर तामाङ)
    2. एन.बी. कन्स्ट्रक्सन (मुख्य व्यक्ति: रमिला लामा)
    3. द कञ्चनजंघा कन्स्ट्रक्सन (मुख्य व्यक्ति: टेन्डी शेर्पा)
    4. बिरुवा कन्स्ट्रक्सन (मुख्य व्यक्ति: सुबित श्रेष्ठ)

    यी कम्पनीहरू तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा साढे दुई वर्षका लागि कालोसूचीमा परेका हुन्। यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले प्रमुख रहेको बी.जी. निर्माण सेवा प्रालि, पोखरा पनि कालोसूचीमा परेको छ। इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा पूजा कन्स्ट्रक्सन धनकुटा (मुख्य व्यक्ति: गजेन्द्रप्रसाद पौडेल) र साह निर्माण सेवा इनरुवा (मुख्य व्यक्ति: जयप्रकाश साह हलवाई) पनि कालोसूचीमा परेका छन्।

    कालोसूचीमा राखिएका यी कम्पनीहरूले अब सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

    Black-List-kalosuchi.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ