२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्राइम बैंकको उच्च व्यवस्थापनमा सुमितबाबु खत्रीको प्रवेश

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 3.8K
    SHARES
  • प्राइम बैंकको उच्च व्यवस्थापनमा सुमितबाबु खत्रीको प्रवेश

    काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले सुमितबाबु खत्रीलाई नायव महाप्रबन्धक (डीजीएम) पदमा नियुक्त गरेको छ। खत्रीको नियुक्ति कात्तिक २० गतेदेखि लागू भएको हो।

    खत्रीले बैंकिङ क्षेत्रमा २४ वर्षभन्दा बढीको अनुभव सँगाल्दै आएका छन् र कुशल कार्यसम्पादनमा अब्बल मानिन्छन्। उनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्थापना कालदेखि नै कार्यरत थिए।

    बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) को पदमा सेवा गरेका थिए।

    केही समयअघि मात्र सिटिजन्स बैंकबाट बाहिरिएका खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा परिचित छन्। उनले देशका ठूला भौतिक निर्माण आयोजनाहरूमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ