२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनएलजी इन्स्योरेन्सले ९६ लाख भन्दा बढी हकप्रद शेयरजारी गर्ने: कहिले सम्म शेयर किन्नेले हकप्रद भर्न पाइन्छ?

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.9K
    SHARES
  • एनएलजी इन्स्योरेन्सले ९६ लाख भन्दा बढी हकप्रद शेयरजारी गर्ने: कहिले सम्म शेयर किन्नेले हकप्रद भर्न पाइन्छ?

    काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

    कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले यस हकप्रद शेयरमा आवेदन दिने अवसर प्राप्त गर्नेछन्। कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने घोषणा गरेको छ।

    हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर जारी गरिनेछ।

    यस अनुसार १ सय रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याइनेछ। शेयरधनीहरुले पुस १ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। आवेदनका लागि लक्ष्मी सनराइज क्यापिटलको कार्यालय लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका शाखाहरू तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्लेटफर्म उपलब्ध हुनेछन्।

    इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्न सक्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

    कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९ सय ५८.९७ रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९ सय ८०.९७ रुपैयाँ पुग्नेछ।

    rightsharenotice2081.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ