कात्तिक १८, काठमाडौँ : बुद्ध एयरले भूकम्प पीडितको लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। एअरलाइन्सले एक सूचना निकालेर जाजरकोटमा शुक्रबार मध्यरातमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड सहयोग गर्ने बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको हो।
साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध रहेको उल्लेख गरेको छ। यस दुःखद परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने सूचनामा उल्लेख छ।



