२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बीपी क्यान्सर अस्पतालमा रक्त क्यान्सर परीक्षण: अब ५ दिनमै नतिजा उपलब्ध

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.5K
    SHARES
  • बीपी क्यान्सर अस्पतालमा रक्त क्यान्सर परीक्षण: अब ५ दिनमै नतिजा उपलब्ध

    काठमाडौँ : चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीका लागि फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको छ।

    यसअघि परीक्षणका लागि नमूनाहरू बाहिर पठाउनुपर्ने हुँदा समय र खर्च बढी लाग्ने गरेकोमा अहिले अस्पतालमै सेवा सञ्चालन गर्न उपकरण खरिद गरेर परीक्षण सुरु गरिएको हो।

    अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यो सेवा सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँमा उपकरण खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि परीक्षण सेवा उपलब्ध गराइएको हो।

    एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमको लागि पठाइएपछि अस्पतालमै परीक्षण सुरु गर्न सम्भव भएको उनले बताए।

    अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षणको लागि धेरै नमूना भारत पठाउनुपर्ने र केही नमूना काठमाडौँ जाने गर्थ्यो। जसको नतिजा आउन १५ दिनभन्दा बढी लाग्थ्यो। अहिले भने पाँच दिनमै नतिजा उपलब्ध भइरहेको छ।

    बाहिर पठाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने परीक्षण अहिले अस्पतालमै १२ हजार रुपैयाँमै गर्न सकिन्छ, जसले गर्दा बिरामीहरूलाई सहज भएको छ।

    डा. पौडेलले अस्पतालको सेवा विस्तारमा जोड दिइरहेको जानकारी दिँदै थन्किएको सिटी स्क्यान मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको र लामो समयदेखि रोकिएको मेमोग्राम सेवा पनि छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ