काठमाडौं: आज आइतबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ, भने अन्य ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।



