२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज कुष्माण्ड नवमीमा कुभिण्डो दान र तुलसी विवाहको महत्त्व

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 2.2K
    SHARES
  • आज कुष्माण्ड नवमीमा कुभिण्डो दान र तुलसी विवाहको महत्त्व

    काठमाडौँ: कार्तिक शुक्ल नवमीका अवसरमा आज आइतबार सनातन धर्मावलम्बीले कुष्माण्ड नवमी पर्व मनाउँदै छन्। यस दिन भगवान विष्णुले कुष्माण्डक नामको दैत्यलाई संहार गरेको उल्लेख सनत्कुमार संहितामा पाइन्छ। यो दिन विशेष गरी कुभिण्डो (कुम्हडा) दान गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

    पौराणिक मान्यताअनुसार नवमीका दिनदेखि सुरु गरेर एकादशीका दिन भगवान् कृष्णसँग तुलसीको विवाह गर्दा कन्यादान गरेको समान फल प्राप्त हुने भनिएको छ। पुराणविद् तोयराज नेपालका अनुसार नवमीदेखि तीन दिनसम्म वैवाहिक उत्सव मनाई पीपलको साथमा अमलाको विवाह गराउँदा पनि विशेष पुण्यलाभ हुने बताइन्छ।

    यस अवसरमा अमलाको रुखमुनि ब्राह्मणलाई भोजन गराउने वा वनभोज खाने परम्परा पनि रहेको छ। यो पर्वले परोपकार, धार्मिक आस्था र सामाजिक एकता प्रवर्द्धन गर्ने विश्वास छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ