२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज!

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.4K
    SHARES
  • सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज!

    काठमाडौं : सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् कात्तिक २६ गते बुकक्लोज गर्दैछ।

    यस सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणका प्रस्ताव पनि अनुमोदन गरिनेछ।

    कम्पनीले यस वर्ष हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते शुक्रबार स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बिहान ९ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ।

    सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। साथै अन्य कम्पनीमा लगानीको लागि प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ