२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धान बिक्रीमा सहजीकरण: किसानलाई चेकमार्फत भुक्तानीको सुविधा

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.9K
    SHARES
  • धान बिक्रीमा सहजीकरण: किसानलाई चेकमार्फत भुक्तानीको सुविधा

    कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान बिक्री गर्न आउने किसानलाई भुक्तानी चेकमार्फत दिन थालेको छ। कार्यालय प्रमुख सुरदर्शन थापाका अनुसार किसानको सहजताका लागि धान खरिद गरेपछि तुरुन्तै भुक्तानीको व्यवस्था गरिएको छ।

    भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ। जनशक्ति अभावका कारण बेदकोट नगरपालिकामा सञ्चालन गर्ने भनिएको खरिद केन्द्र भने स्थगित गरिएको छ।

    प्रमुख थापाले प्रदेश कार्यालयसँग जनशक्ति उपलब्ध गराउन आग्रह गरिसकेको र आवश्यक कर्मचारी व्यवस्थापन भएपछि एक-दुई दिनभित्र बेदकोटमा पनि खरिद केन्द्र सञ्चालन गरिने बताए। हालसम्म सञ्चालनमा रहेका दुई केन्द्रबाट आठ सय १२ क्विन्टल धान खरिद भइसकेको छ।

    कृषकहरूलाई केन्द्रबारे जानकारीको अभावले धेरै किसानले आफ्नो धान बिक्री गर्न नआएकाले कार्यालयले प्रचार-प्रसार गर्दै गाउँगाउँमा जानकारी पुर्याएको छ। किसानहरूलाई सुविधा मिलाउने उद्देश्यले योग्य र गुणस्तरीय धानको खरिद भइरहेको छ।

    कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गर्दैछ र कुल १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ।

    कम्पनीले पहिलो पटक शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानहरूलाई सहजीकरण गरेको हो। कार्यालयमा प्रमुखसहित तीन जना कर्मचारी कार्यरत छन्, जसले खरिद गरिएको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ