काठमाडौं : नबिल बैंकले विभिन्न स्थानमा रहेको आफ्नो नाममा रहेको घरजग्गा बिक्रीमा राखेको छ। बैंकको कर्जा असुली विभागले गैर-बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने उद्देश्यले सूचना सार्वजनिक गरेको हो।
बैंकले देशभरका २५ जिल्लाका ९२ स्थानमा रहेका घरजग्गा लिलामी प्रक्रियामा राखेको छ। यसमा काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, बाँके, सुर्खेत, बर्दिया र कैलाली लगायतका जिल्लाका सम्पत्ति सामेल छन्। यस्तै भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुलामा रहेको गैर-बैंकिङ्ग सम्पत्ति पनि बिक्रीका लागि राखिएको छ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरूले १५ दिनभित्र, अर्थात मंसिर ९ गतेसम्म कर्जा असुली विभाग, बिजुलीबजारमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन्। मंसिर १० गते बोलपत्र खोलिने छ।
गैर-बैंकिङ्ग सम्पत्ति भनेको बैंकले ऋणको भाखा नाघेपछि पनि नतिरेका ऋणीको सम्पत्ति बिक्रीमा राख्दा नबिकेपछि बैंकले आफ्नो नाममा गरेको सम्पत्ति हो।



