२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धितोपत्र बोर्डमा ७ बीमा कम्पनीका हकप्रद पाइपलाइनमा, कसको कति प्रतिशत?

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.9K
    SHARES
  • धितोपत्र बोर्डमा ७ बीमा कम्पनीका हकप्रद पाइपलाइनमा, कसको कति प्रतिशत?

    काठमाडौं : धितोपत्र बोर्डको पाइपलाइनमा विभिन्न बीमा कम्पनीहरूका हकप्रद शेयर निष्कासनको अनुमति पर्खाइमा छन्।

    अहिले ७ बीमा कम्पनी-सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, एसियन लाइफ, प्रभु इन्स्योरेन्स र नेको इन्स्योरेन्स बोर्डबाट हकप्रद शेयर निष्कासन अनुमति पर्खिरहेका छन्।

    गत असोज ११ मा बोर्डले लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी नेपाल) र एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन अनुमति दिएको थियो। एलआईसी नेपालले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर १ सय अंकित दरमा जारी गर्दैछ, जसको प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट हो।

    एनएलजी इन्स्योरेन्सले १ः०.६२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। यसको प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल हो। एनएलजीको हकप्रद मंसिर ११ बाट खुल्नेछ।

    बीमा प्राधिकरणले जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमाका लागि साढे २ अर्ब न्यूनतम चुक्तापुँजी अनिवार्य गरेकाले कम्पनीहरूले हकप्रद र बोनस मार्फत चुक्तापुँजी वृद्धि गरिरहेका छन्।

    अनुमति पर्खाइमा रहेका जीवन बीमामा एसियन लाइफले ४५%, सन नेपाल लाइफले २७% र प्रभु महालक्ष्मी लाइफले १७% हकप्रद ल्याउने तयारी गरेका छन्। एसियन लाइफको हकप्रद प्रबन्धक मुक्तिनाथ क्यापिटल हो भने सन नेपाल लाइफको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र प्रभु महालक्ष्मी लाइफको सिद्धार्थ क्यापिटल रहेको छ।

    निर्जीवन बीमामा प्रभु इन्स्योरेन्सले ५०.१५%, नेपाल इन्स्योरेन्सले ४०%, युनाइटेड अजोड इन्स्योरेन्सले १५% र नेको इन्स्योरेन्सले २५% हकप्रद निष्कासनको तयारी गरेका छन्।

    यीमध्ये प्रभु इन्स्योरेन्सको प्रबन्धक एनआईसी एसिया क्यापिटल, नेपाल इन्स्योरेन्सको एनआईएमबी एस क्यापिटल, युनाइटेड अजोडको लक्ष्मी सनराइज क्यापिटल र नेको इन्स्योरेन्सको सानिमा क्यापिटल रहेका छन्।

    यसबाहेक दुई हाइड्रोपावर कम्पनीले पनि बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएका छन्। लिबर्टी इनर्जीले ५०% र बलेफी हाइड्रोपावरले १००% हकप्रद ल्याउँदैछन्। लिबर्टीको प्रबन्धक प्रभु क्यापिटल र बलेफीको एनआईएमबी एस क्यापिटल हो।

    यसरी ७ बीमा कम्पनीहरूको हकप्रद अनुमतिको पर्खाइमा छन्। अन्य १९ कम्पनीहरूको हकप्रद समेत धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ