२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अनुहारमा प्राकृतिक चमक ल्याउने योगासन र टिप्स

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.0K
    SHARES
  • अनुहारमा प्राकृतिक चमक ल्याउने योगासन र टिप्स

    काठमाडौँ : अनुहारमा चमक ल्याउन योगासानको प्रभावकारी भूमिका हुन्छ, जसले छाला स्वस्थ र उज्यालो देखाउन मद्दत गर्छ। तल उल्लेखित केही योगाभ्यासले अनुहारमा चमक र निखारता ल्याउन मद्दत गर्छ।

    १. अनुहारको व्यायाम

    गाला, आँखा, जिब्रो र ओठलाई चलाउने, गालामा हावा भर्नेजस्ता साधारण व्यायामले अनुहारको रक्तसञ्चार बढाउँछ। यसले छालामा चमक र जीवन्तता ल्याउँछ।

    २. सर्वाङ्गासन

    यो आसनले अनुहार र टाउकोमा रगतको प्रवाह बढाउँछ, जसले छालामा चमक ल्याउँछ। 

    सर्वाङ्गासन गर्ने विधि: म्याटमा सुत्ने, खुट्टा र जिउ क्रमशः उठाउने र पछाडि कम्मर समातेर खुट्टा माथि उठाउने। सुरुवातमा २ मिनेटसम्म गरेमा अनुहारको चमकको लागि प्रभावकारी हुन्छ।

    नोट: गर्दन, टाउको दुख्ने समस्यामा यस आसन नगर्नु राम्रो।

    ३. त्रिकोणासन

    अनुहारको चमक बढाउन उपयोगी हुन्छ। यसले अनुहार र टाउकोमा रक्तसञ्चार सुधार्छ। 

    त्रिकोणासन गर्ने विधि: खुट्टा फैलाएर, दायाँ हातले बायाँ खुट्टा र बायाँ हातले दायाँ खुट्टा समात्ने। सुरुमा ५–५ पटक गर्न सकिन्छ।

    नोट: कम्मर दुख्ने समस्या भएकाले र गर्भवती महिलाले यो नगर्नु राम्रो।

    ४. भुजंगासन

    ढाड र काँधमा रहेको कड़ापन घटाउँदै पाचन सुधार गर्न मद्दत गर्छ। यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ। 

    भुजंगासन गर्ने विधि: घोप्टो सुतेर छाती माथि उठाउने। सुरुमा ५ देखि १० पटक गर्दा लाभदायक हुन्छ।

    ५. शीर्षासन

    दिमागमा रगतको प्रवाह बढाएर तनाव हटाउँछ, जसले अनुहारमा चमक ल्याउँछ। 

    शीर्षासन गर्ने विधि: म्याटमा टाउको टेकेर खुट्टा माथि उठाउने। सुरुमा भित्ताको सहारामा गर्दा सजिलो हुन्छ।

    अन्य उपायहरू

    • ध्यान: दिमाग शान्त रहँदा मानसिक शान्ति मिल्छ, जसले अनुहारमा चमक बढाउँछ।
    • सात्विक आहार: हरियो सागसब्जी, फलफूल, रेसादार खाना, प्रशस्त पानी र राम्रो निद्राले शरीर र छालालाई स्वस्थ राख्छ।

    यो सम्पूर्ण योगासन र स्वस्थ दिनचर्याले अनुहारको प्राकृतिक चमकमा वृद्धि गर्न मद्दत पुर्‍याउँछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ