काठमाडौं : आज मंगलबार देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा मौसम सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्नेछ।



