२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हरि बोधिनी एकादशी विशेष : आज तुलसी र दामोदरको पवित्र विवाह

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.5K
    SHARES
  • हरि बोधिनी एकादशी विशेष : आज तुलसी र दामोदरको पवित्र विवाह

    काठमाडौं : नेपाली हिन्दू धर्मावलम्बीले चार महिनासम्म भगवान् विष्णुको व्रत गर्दै विशेष पूजा गरेपछि आज तुलसीको दामोदरसँग विवाह सम्पन्न गर्दै हरि बोधिनी एकादशी पर्व मनाइरहेका छन्।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म विष्णु क्षीरसागरमा विश्राममा रहँदा तुलसीको विशेष पूजा गर्दै आएका भक्तजनले आज हरि बोधिनी एकादशीका अवसरमा विधिपूर्वक तुलसी र दामोदरको विवाह गरिरहेका छन्।

    यस दिनलाई हरि शयनी एकादशीका दिनदेखि प्रतीक्षामा राखेर मनाइने भएकाले हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आज घर घरमा तुलसीको मठलाई सजाएर, गाईको गोबर र माटोले पोतेर, रंगीन फूलमाला लगाएर विवाह समारोहको रूपमा विधिवत् पूजा आराधना गरिन्छ। विशेष गरी कार्तिक महिनाभर देवदेवी तुलसीमै वास गर्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।

    तुलसीको वैज्ञानिक महत्व
    तुलसीको महिमा धार्मिक मात्रै नभई वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक मानिन्छ। तुलसीका पात, डाँठ र फूलमा रहेको औषधीय गुणले रुघाखोकी, ज्वरो बाट जोगाउन भूमिका खेल्छ। तुलसीको वरिपरि फैलिने सुगन्धले पनि हावालाई पवित्र बनाउने र विषालु सर्पहरू टाढा राख्ने विश्वास छ।

    धार्मिक दृष्टिकोणबाट पनि तुलसीलाई विशेष स्थान दिइएको छ। तुलसीको मठ भएको घरलाई तीर्थ समान मानिन्छ भने यमदूत प्रवेश नगर्ने आस्था राखिन्छ। तुलसीको पूजा आराधनाले भगवान् विष्णुबाट विशेष आशीर्वाद पाइने जनविश्वास छ।

    अद्वितीय पर्वको महिमा कार्तिक शुक्ल एकादशी अर्थात् आजकै दिन गरिने हरिबोधिनी व्रतले हजार अश्वमेध यज्ञ र राजसूय यज्ञ बराबरको फल प्राप्त हुने मान्यता छ। यस पर्वमा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झेर स्नान, दान, जप र होमले सयौं जन्मका पापबाट मुक्ति मिल्ने धार्मिक मान्यता पौराणिक ग्रन्थहरूमा पाइन्छ।

    काठमाडौं उपत्यकाका चार नारायणहरू - चाँगुनारायण, विशंखुनारायण, शेषनारायण र इचँगुनारायणका मन्दिरमा विशेष मेला लाग्ने भएकाले ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्दछन्। काठमाडौं उपत्यकाका अन्य प्रमुख नारायण मन्दिरमा समेत विशेष पूजापाठ गरिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ