२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकले दसैं-तिहारमा नयाँ नोट नबाँड्दा सटही दरमा २६ अर्बले कमि

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.2K
    SHARES
  • राष्ट्र बैंकले दसैं-तिहारमा नयाँ नोट नबाँड्दा सटही दरमा २६ अर्बले कमि

    काठमाडौँ : केन्द्रीय बैंकले यस वर्ष दसैं र तिहारका लागि नयाँ नोट नबाँड्दा नोट सटहीमा कमी आएको छ। नेपाल राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट सटही गर्ने परम्परालाई यो पटक तोड्दै सुकिला नोट मात्र वितरण गरेपछि सर्वसाधारणमा केही असन्तोष देखिएको छ।

    दसैं–तिहारको विशेष अवसरमा नयाँ नोट साट्ने चलन भएकाले यस वर्ष नयाँ नोट नपाउँदा सर्वसाधारणले नोट सटहीमा २६ अर्ब रुपैयाँले कमी गरेका छन्।

    केन्द्रीय बैंकले नयाँ नोट छाप्दा हुने अतिरिक्त खर्च कटौती गर्न यो निर्णय गरेको हो। यसपटक नयाँ नोट नछाप्दा करिब २ अर्ब रुपैयाँ राज्यकोषमा जोगिने राष्ट्र बैंकले जनाएको छ।

    गत वर्ष सर्वसाधारणले २९ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेका थिए भने यस वर्ष ३ अर्ब रुपैयाँको मात्र सटही भएको देखिएको छ।

    राष्ट्र बैंकले २०६०/६१ सालदेखि नयाँ नोट सटही सुविधा दिँदै आएको भए पनि यसअघि पनि सीमित रूपमा मात्र नयाँ नोट साट्ने चलन थियो।

    बैंकका अनुसार वार्षिक ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बाहिरिने गरे पनि नयाँ नोट नबाँड्दा यसपटक रकमको बाहिरी प्रवाहमा पनि कमी आएको छ। २०७७ सालमा पनि नयाँ नोट नबाँड्दा ठुलो रकम राज्यकोषमा जोगिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ