काठमाडौं : सरकारले आन्तरिक स्रोत परिचालन गर्न १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल प्रक्रियाबाट उठाउन लागेको यो ऋण ६ वर्षको अवधिका लागि हुनेछ।
सरकारले २८ कात्तिक, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बोलकबोल प्रक्रियामार्फत ऋण संकलन गर्ने योजना बनाएको छ।
यो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा व्यक्तिगत नेपाली नागरिकले बुधबार आवेदन दिन सक्नेछन्।
ऋणपत्रमा ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने ब्याजदर बोलकबोलबाट नै तय हुनेछ। ऋणपत्र २९ कात्तिकमा जारी हुनेछ र यसको साँवा रकम भुक्तानी २९ कात्तिक २०८७ मा गरिनेछ।






