२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नबिल बैंकलाई दक्षिण एशियाको ‘साफा अवार्ड’ द्वारा सम्मानित

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.7K
    SHARES
  • नबिल बैंकलाई दक्षिण एशियाको ‘साफा अवार्ड’ द्वारा सम्मानित

    काठमाडौं : नबिल बैंकले दक्षिण एशियाकै निजी बैंकतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदनको ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ। साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई यो अवार्ड प्रदान गरेको हो।

    साफाका अनुसार नबिल बैंकले आर्थिक वर्ष २०२२–२३ को वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनको उच्च मापदण्ड कायम राखेकाले यो अवार्ड प्रदान गरिएको हो।

    साफा हरेक वर्ष दक्षिण एशियाका वित्तीय संस्थाहरूका वार्षिक प्रतिवेदनको मूल्याङ्कन गरी उत्कृष्टलाई सम्मानित गर्दछ।

    यस अघि नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट पनि वाणिज्य बैंकतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो। बैंकले देशभरका २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई २ सय ६८ शाखा र ३ सय २० एटिएम मेशिनहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ, जसले यसलाई नेपालमा मात्र नभई दक्षिण एशियामा पनि विशेष स्थानमा उभ्याएको छ।

    SAFA_awards.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ