२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१५ दिनभित्र बक्यौता नतिरे उद्योगको बिजुली फेरि काटिने: कुलमान घिसिङ

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.6K
    SHARES
  • १५ दिनभित्र बक्यौता नतिरे उद्योगको बिजुली फेरि काटिने: कुलमान घिसिङ

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरूको बक्यौता तिर्ने जिम्मेवारीलाई पुनः जोड दिँदै प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगहरूमा पुन: बिजुली जोड्ने निर्णय गरेको बताएका छन्।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले मन्त्रिपरिषदको उद्योगमा बिजुली पुनः जोड्ने निर्णयअनुसार ऊर्जा मन्त्रालयबाट आएको पत्रको पालना गर्दै सञ्चालक समितिको बैठक बसेको र सरकारको निर्देशन कार्यान्वयन गर्न अनुमति दिइएको जानकारी गराए।

    उनले भने “कात्तिक ८ गते हामीले बक्यौता नतिरेका उद्योगको लाइन काटेका थियौं। अहिले सरकारको निर्देशन अनुसार उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न निर्देशन दिइएको छ। यदि यी उद्योगहरूले १५ दिनभित्र बक्यौता नतिरे कानुनी प्रक्रिया अनुसार पुन: बिजुली लाइन काटिनेछ।”

    घिसिङले बिजुलीको उपयोग र प्राधिकरणको आर्थिक व्यवस्थापनको सन्तुलन आवश्यक रहेको र यसले सर्वसाधारणलाई निरन्तर सेवा दिन प्राधिकरणलाई मद्दत गर्ने बताएका छन्। “जनतालाई अध्यारोमा राखेर उद्योगहरूको बक्यौता बेवास्ता गर्न सकिँदैन।” उनले थपे।

    समस्या समाधानको अन्तिम चरणमा पुगेको समयमा सरकारले बिजुली जोड्न निर्देशन दिएकोमा उनले गुनासो गर्दै आवश्यक संयन्त्रको स्थापना र बक्यौता व्यवस्थापनको स्थायित्वमा जोड दिनुपर्ने कुरा बताए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ