२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धितोपत्र दलाल संघहरूको मर्जर: एकीकृत स्टक ब्रोकर्स एसोसिएसनलाई निरन्तरता

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.2K
    SHARES
  • धितोपत्र दलाल संघहरूको मर्जर: एकीकृत स्टक ब्रोकर्स एसोसिएसनलाई निरन्तरता

    काठमाडौं : धितोपत्र बजारमा क्रियाशील दुई प्रमुख दलाल संस्थाहरू एकीकृत भएका छन्। आज आयोजित एक कार्यक्रममा दुई संस्थाले एउटै संस्था कायम राख्ने सम्झौता गरेका हुन्। यससँगै तीन दशकभन्दा लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल नै प्रमुख संस्था बनेर संचालनमा रहने भएको छ।

    संयुक्त विज्ञप्तिमा उल्लेख भएअनुसार स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालबीच धितोपत्र दलालहरूको एक मात्रै छाता संगठन बनाउने सहमति भएको छ।

    नयाँ साझा संस्था गठनका लागि स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीको संयोजकत्वमा सचिव सुयोग अधिकारी र कोषाध्यक्ष मदन पौडेल सहभागी तीन सदस्यीय समिति खटाइएको थियो।

    यस्तै धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमन कुमार मल्ल तथा सदस्य सन्दीप विक्रम राणासहितको तीन सदस्यीय टोलीले छलफल गरेको थियो।

    लामो चरणको वार्तापछि एकीकृत हुने सहमति भएको हो। यसलाई औपचारिकता दिने क्रममा दुई संस्थाका अध्यक्षहरूले आजै हस्ताक्षर गरे।

    अब स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल मात्र अस्तित्वमा रहनेछ। एकीकरणपछि धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको सदस्यता रहेका सबै व्यवसायीहरूलाई स्टक ब्रोकर्स एसोसिएसनमा समेट्ने सहमति पनि भएको छ।

    साथै धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अभियानहरू सञ्चालन गर्ने अंगको रूपमा अघि बढाउने योजना बनाइएको छ।

    यो एकीकृत कदमले धितोपत्र बजारमा सहभागितालाई थप सबल र सुदृढ बनाउने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ