काठमाडौँ : आज देशभर पश्चिमी वायु र पहाडी क्षेत्रहरूमा स्थानीय वायुको सामान्य प्रभाव रहने कुरा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल बिहान गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्यत्र मौसम मुख्यतया सफा रहेको छ, भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा देशका अन्य भूभागहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहिरहने र अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।



