२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जीवन विकास लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्झौता सम्पन्न

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 3.0K
    SHARES
  • जीवन विकास लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण सम्झौता सम्पन्न

    काठमाडौँ : निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्गलाई लक्षित कर्जा सुरक्षणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौताको उद्देश्य लघु व्यवसायमा संलग्न सदस्यहरूलाई बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा कर्जा प्रदान गर्दा सुरक्षणको सुनिश्चितता दिनु हो।

    कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

    हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया र जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी सहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    सम्झौताअनुसार जीवन विकास लघुवित्तले सदस्यहरूलाई व्यक्तिगत रूपमा रु. १० लाखसम्म र धितो जमानीमा रु. २० लाखसम्मको कर्जा दिन सक्नेछ। यदि सुरक्षित कर्जा असुल हुन नसकेमा संस्थाले कोषसँग दाबी गर्ने र दाबीमा कोषले पचहत्तर प्रतिशत भुक्तानी उपलब्ध गराउनेछ।

    यस कर्जा सुरक्षणको लागि वार्षिक शुन्य दशमलव आठ प्रतिशत सुरक्षण शुल्क लाग्नेछ। जीवन विकासले आधा शुल्क कोषमा बुझाउनेछ भने बाँकी आधा नेपाल सरकारले अनुदान स्वरूप कोषलाई उपलब्ध गराउने व्यवस्था छ, जुन कर्जा सुरक्षण नियमावली २०७५ अनुसार लागू हुनेछ।

    यस प्रकारको सहकार्यले लघुवित्तका सदस्यलाई आर्थिक सुरक्षणको आत्मविश्वास दिने र नेपालमा लघु व्यवसायको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ