२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने हिमालयन क्यापिटलको निर्णय

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 1.8K
    SHARES
  • सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने हिमालयन क्यापिटलको निर्णय

    काठमाडाैं : हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न उक्त सभाले गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    साधारणसभामा संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधि र उपलब्धिहरूको समीक्षा गर्दै आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरियो। साथै यस वर्ष संस्थाका सञ्चालकहरूको पुनर्नियुक्ति सम्बन्धी प्रस्ताव पनि अनुमोदन भएको छ।

    सभामा संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले भावी योजनाबारे जानकारी गराउँदै क्यापिटललाई थप उचाइमा पुर्याउने योजना सुनाए। संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले ग्राहकलाई अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाउँदै प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकता दिने उल्लेख गरे।

    हिमालयन बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलले मर्चेन्ट बैंकिङ्ग सेवाहरू जस्तै निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापन, डिपोजिटरी र संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ