२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.9K
    SHARES
  • आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौं : हाल देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

    देशको तराई क्षेत्रमा केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लाग्नाले बिहान-बेलुकी यात्रा गर्दा सतर्कता अपनाउन सल्लाह दिइएको छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी,र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य भू-भागमा भने मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

    आज राति पनि यी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ