काठमाडौं : प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा वृद्धि भएपनि बीमा शुल्क आर्जनमा कमी आएको छ।
कम्पनीले पहिलो त्रैमासमा ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ करोड ६ लाख ७२ हजारको तुलनामा १० प्रतिशतले बढी हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ छ। कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ३२ करोड ३८ लाख, रिटेन्ड अर्निङ २५ करोड ६९ लाख, अन्य इक्विटी १२ करोड ५३ लाख र महाविपत्ती कोषमा ११ करोड १२ लाख रुपैयाँ रहेको छ।
यस त्रैमासमा कम्पनीले २६ करोड ७० लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४४ करोड ३३ लाखको तुलनामा ३९ प्रतिशतले घटेको हो। खुद बीमाशुल्क आर्जन पनि ७ प्रतिशतले घटेर ११ करोड ९४ लाखमा सीमित भएको छ।
कम्पनीले पुनर्बीमा मार्फत १४ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको ३१ करोड ३८ लाखको तुलनामा कम हो। यस वर्ष अभिकर्ता कमिशनमा ३९ लाख १५ हजार रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको ८१ लाख १६ हजार रुपैयाँको तुलनामा कमी आएको हो।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ २ सय २६ रुपैयाँ रहेको छ भने पीई रेसियो ६४ गुणा छ। कम्पनीको सोल्भेन्सी रेसियो १.९४ प्रतिशत रहेको छ, जसले कम्पनीको वित्तीय स्थायित्वलाई संकेत गर्छ।



