२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढीले २० दिन विद्युत बन्द हुँदा पनि माउन्टेन इनर्जीले कमायो ३० करोड: ईपीएस कति ?

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.6K
    SHARES
  • बाढीले २० दिन विद्युत बन्द हुँदा पनि माउन्टेन इनर्जीले कमायो ३० करोड: ईपीएस कति ?

    काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले खुद नाफा १५.६८ प्रतिशतले वृद्धि गर्दै ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ कमाएको छ।

    अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो। विद्युत् बिक्री आम्दानीमा पनि सुधार आएको छ। यस त्रैमासमा कम्पनीले ४९ करोड ६० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.०५ प्रतिशतले वृद्धि भएको हो।

    कम्पनीको मुख्य आयोजना ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाले २०८१ जेठ १५ देखि २०८१ साउन २० सम्म बाढीका कारण विद्युत उत्पादन बन्द गर्नुपरेको थियो। २० दिन उत्पादन बन्द हुँदा पनि कम्पनीको नाफा बढेको तथ्यले कम्पनीको व्यवस्थापन क्षमताको प्रशंसा गर्नुपर्ने देखिन्छ।

    हाल मिस्ट्री खोला (४२ मेगावाट) र तादी खोला (५ मेगावाट) आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ।

    वित्तीय स्थिति:

    • चुक्ता पुँजी: कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनस शेयर वितरणपछि २ अर्ब २६ करोड ३२ लाख पुगेको छ।
    • रिटेन अर्निङ: १ अर्ब ३३ करोड रहेको छ।
    • ईपीएस: वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी ५३.९६ रुपैयाँ छ।
    • प्रति सेयर नेटवर्थ: १ सय ५८ रुपैयाँ ७७ पैसा।

    कम्पनीको वित्तीय प्रदर्शनले भविष्यमा अझ राम्रो नतिजा दिने अपेक्षा गर्न सकिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ