२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हेटौँडा सिमेन्ट पुनः उत्पादनमा ढिलाइ, डेढमहिना कुर्नुपर्ने

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.5K
    SHARES
  • हेटौँडा सिमेन्ट पुनः उत्पादनमा ढिलाइ, डेढमहिना कुर्नुपर्ने

    काठमाडौँ : हेटौँडा सिमेन्ट उद्योगका विभिन्न उपकरणहरूको मर्मतसम्भार कार्य नसकिएका कारण उद्योगले सिमेन्ट उत्पादन गर्न अझै करिब डेढमहिना कुर्नुपर्ने भएको छ। उद्योग व्यवस्थापनका अनुसार मर्मत कार्यमा आन्तरिक ढिलाइ भएकाले उत्पादन सुरु गर्न समय लागिरहेको हो।

    दशैँअघि उत्पादन स्थगित गरिएको उद्योगमा बिग्रिएका उपकरणहरूको मर्मत कार्यलाई तीव्रता दिन प्राविधिक जनशक्तिलाई परिचालन गरिएको छ। हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई पुनः नियमित सञ्चालन गर्न सरकारसँग आर्थिक सहयोगको आवश्यकता रहेको बताएका छन्।

    उनका अनुसार वैकल्पिक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ र कोइलाको आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको छ। उद्योगमा हाल ८ सय बोरा सिमेन्ट जगेडा छ, जसलाई काठमाडौँ र अन्य विभिन्न जिल्लाका डिलरहरू मार्फत खपत गराउने तयारी गरिएको छ।

    महाप्रबन्धक पाण्डेले उद्योगमा ९ सय मेट्रिक टन कोइला जगेडा राखिएको र बाँकी ५ हजार मेट्रिक टन कोइला खरिदका लागि बोलपत्र आह्वान गर्न तयारी भइरहेको जानकारी दिए।

    करिब चार दशक पुरानो यो उद्योगलाई आधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिएको र आर्थिक समस्या झेल्नुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले संघीय सरकारलाई आर्थिक अनुदान उपलब्ध गराउन आग्रह गरेका छन्।

    विसं २०३३ मा स्थापित यस उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। चार दशकसम्म देशभर सिमेन्ट आपूर्ति गर्दै आएको यो उद्योगलाई पुनर्जीवित गर्न प्राविधिक सुधार र आर्थिक सहयोग अपरिहार्य बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ