२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ५५ जना कर्मचारीको माग, मंसिर ९ सम्म आवेदन खुला।

images

  • २०८१ मंसिर १, शनिबार
  • 2.9K
    SHARES
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ५५ जना कर्मचारीको माग, मंसिर ९ सम्म आवेदन खुला।

    काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि ५५ जना कर्मचारीको दरखास्त आह्वान गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना र ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना कर्मचारी माग गरेको हो।

    म्यानेजमेन्ट ट्रेनी लेभलका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनु अनिवार्य छ।

    ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, कानूनी (लेगल) वा सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ।

    इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर ९ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन फारम बैंकको आधिकारिक वेबसाइट वा सम्बन्धित शाखामा उपलब्ध हुनेछ।

    462553605_552041124138637_7248978453468882800_n-1.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ