२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तारागाउँ रिजेन्सी: नेपालको पर्यटन क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मान,

images

  • २०८१ मंसिर ३, सोमबार
  • 1.4K
    SHARES
  • तारागाउँ रिजेन्सी: नेपालको पर्यटन क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मान,

    काठमाडौँ : आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँको बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ।

    नेपाली कला र शैली झल्किने गरी निर्माण गरिएको यो होटल नेपालकै सबैभन्दा ठूलो, ३ सय ३ कोठासहितको सुविधायुक्त होटल हो। यसले दुई दशकभन्दा लामो समयदेखि उच्चस्तरीय पर्यटकहरूलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। होटलले करिब ३ सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

    कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङका अनुसार होटलले दशकौँ पुरानो नेपाली संस्कृतिलाई आत्मसात गर्दै "तारागाउँ कल्चरल सेन्टर" को अवधारणामा निर्माण गरिएको हो। यो होटल सन् २००० मा नेपालमा दशकौँको द्वन्द्व चरम बिन्दुमा पुगेको समयमा सञ्चालनमा आएको थियो।

    अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच पनि होटलले छोटो समयमा घाटाबाट नाफामा पुग्न सफल भएको उल्लेखनीय इतिहास बोकेको छ।

    तारागाउँ रिजेन्सीलाई यसअघि पनि आर्थिक वर्ष २०७१/७२, ०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको थियो।

    त्यस्तै, यस होटललाई नेपाल सरकारले २०७६ सालमा पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने संस्थाको रूपमा पनि सम्मानित गरेको थियो।

    नेपालको पर्यटन क्षेत्रलाई मजबुत बनाउने र राज्यलाई उल्लेखनीय राजस्व योगदान गर्दै आएको यो होटल अन्य संस्थाका लागि प्रेरणादायी बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ