२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महँगी घट्यो, तलब बढ्यो: राष्ट्र बैंकको नयाँ रिपोर्ट

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 1.9K
    SHARES
  • महँगी घट्यो, तलब बढ्यो: राष्ट्र बैंकको नयाँ रिपोर्ट

    काठमाडौं : नेपाल राष्ट्र बैंकको रिपोर्टले महँगी घटेको देखाएको छ । असोज महिनामा उपभोक्ता मुद्रास्फिति ४.८२ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फिति दर ७.५० प्रतिशत थियो, जसले समग्र आर्थिक सुधारको संकेत गर्दछ।

    असोज महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूह मुद्रास्फीति ३.४९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। यसले खाद्य सामग्रिको मूल्य वृद्धिमा केही कमी आएको र अन्य सेवामा सामान्य वृद्धिलाई जनाउँछ।

    त्यसैगरी बैंकले मंगलबार जारी गरेको तथ्यांकमा २०८१/०८२ को पहिलो तीन महिनामा तलब तथा ज्याला ३.३६ प्रतिशतले बढेको देखाउँछ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ५.६५ प्रतिशत थियो। यसले श्रमिकहरूको आयमा सस्तो महँगाईसँग तुलना गर्दा निश्चित वृद्धि भएको संकेत गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ