२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री खुला गर्‍यो

images

  • २०८१ मंसिर ५, बुधबार
  • 1.5K
    SHARES
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री खुला गर्‍यो

    काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीका संस्थापक शेयरधनी रमेश चोखानीले आफ्ना नाममा रहेका २७ हजार ३ सय २१ कित्ता शेयर बिक्रीका लागि निवेदन पेश गरेपछि यो प्रक्रिया सुरू भएको हो।

    उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य उल्लेख गर्दै सूचना प्रकाशन भएको मितिबाट ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

    बोलपत्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ।

    कम्पनीले तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री खुला गरिने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ