२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति मंसिर १२ मा सारियो

images

  • २०८१ मंसिर ५, बुधबार
  • 2.0K
    SHARES
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति मंसिर १२ मा सारियो

    काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्नो बुक क्लोजको मिति मंसिर १२ गतेका लागि पुनः निर्धारण गरेको छ।

    यसअघि बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो, तर मंसिर ४ गते प्रकाशित सूचना अनुसार उक्त मिति परिमार्जन गर्दै अब मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ।

    यो संशोधनसँगै मंसिर ११ गतेसम्म कायम रहने शेयरधनीहरूले बैंकको वार्षिक साधारणसभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर (प्रति १ सय शेयरमा ६.५ शेयर) र १९ प्रतिशत नगद लाभांश (प्रति शेयर १९ रुपैयाँ कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ