२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेशनल लाइफको अभिकर्ताहरुलाई सम्मान: “मिट द सिइओ” कार्यक्रम सम्पन्न

images

  • २०८१ मंसिर ५, बुधबार
  • 1.3K
    SHARES
  • नेशनल लाइफको अभिकर्ताहरुलाई सम्मान: “मिट द सिइओ” कार्यक्रम सम्पन्न

    काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई सम्मानित गर्न विशेष “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कोशी प्रदेशबाट योग्य ठहरिएका करिब ५५ जना अभिकर्ताहरुसँग अन्तरक्रिया गर्दै डिनर कार्यक्रमको आयोजना गरेका थिए।

    समारोहमा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अर्ली क्वालिफायर र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरे। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले पनि सहभागिता जनाएका थिए।

    प्रमुख कार्यकारी अधिकृतले “मिट द सिइओ” स्किममार्फत अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान दिने लक्ष्य रहेको जानकारी गराउँदै कोशी प्रदेशबाट ५५ जना अभिकर्ता छनोट भएकोमा खुसी व्यक्त गरे।

    यसअघि मधेश र गण्डकी प्रदेशमा पनि यस्ता कार्यक्रम सम्पन्न भइसकेको र छिट्टै अन्य प्रदेशमा सञ्चालन गरिने जानकारी दिए।

    कार्यक्रमका दौरान सहभागी अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतसँग बीमा व्यवसायमा भोगेका समस्या, चुनौती र कम्पनी सुधारका पक्षमा आफ्ना विचार राख्न पाएकोमा खुशी व्यक्त गरे।

    अभिकर्ताहरुले “मिट द सिइओ” स्किमजस्ता योजनाले अभिकर्ता र कम्पनी नेतृत्वबीच प्रत्यक्ष अन्तरक्रिया सम्भव गराउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव दिएका छन्।

    यस प्रकारको कार्यक्रमले अभिकर्ताको मनोबल बढाउनुका साथै कम्पनीको दीर्घकालीन विकासमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ