२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंमा ६ अर्बको लगानीमा नयाँ हवाई इन्धन डिपो निर्माण प्रक्रिया शुरु

images

  • २०८१ मंसिर ५, बुधबार
  • 3.0K
    SHARES
  • काठमाडौंमा ६ अर्बको लगानीमा नयाँ हवाई इन्धन डिपो निर्माण प्रक्रिया शुरु

    काठमाडौँ : त्रिभुवन विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ। हालको स्थानमा डिपोको कारण स्थानीय बासिन्दा र हवाई उड्डयन क्षेत्रको सुरक्षा जोखिममा रहेको अवस्थामा नयाँ स्थानमा डिपो सार्ने निर्णय गरिएको हो। यसै क्रममा हवाई इन्धन डिपो सिनामंगलले पत्रकार सम्मेलन गरेर डिपो स्थानान्तरणको बारेमा जानकारी दिएको हो।

    नेपाल सरकारको मन्त्रिपरिषद्को २०८१ साउन २८ गतेको बैठकले एक वर्ष भित्र डिपोलाई सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो। अब विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै नयाँ डिपो निर्माण हुने छ। नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा गुह्येश्वरीमा नयाँ डिपो स्थानान्तरण गरिनेछ।

    सिनामंगलमा ५० वर्ष पुरानो डिपोको भण्डारण क्षमता ७ हजार ६ सय ६० किलोलिटर रहेको छ। हाल दैनिक ४ सय किलोलिटर हवाई इन्धन बिक्री वितरण हुँदै आएको छ। नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक राखिनेछन्। यसका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको नयाँ डिपोको निर्माणका लागि बिस्तृत सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता भएको छ।

    डिपो निर्माणका लागि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नयाँ डिपोको लागि १ करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँ ७३ पैसामा कन्सल्टेन्सी सम्झौतासमेत भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ