काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
अहिले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ।
राति पनि पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम सफा रहने अपेक्षा गरिएको छ।



