कात्तिक १९, डोटी : आज बिहान डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु र ५ जना घाइते भएको छन्।
बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने राधिका मलाल,धनशोभा बुढा, कबिन्द्र बुढा र प्रार्थना मल्ल रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको हो।
घाइते हुनेमा हिमाली गाउँपालिका प्रकास बुढाथापा, खोमबहादुर मलाल, दानबहादुर बुढा, विमला मलाल र राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ। घाइतेहरू मध्ये बिमला मलाल गम्भीर घाइते छिन्।
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने गाडीका चालक बाजुराको गौमुल गाउँपालिका(४ काडाकोटका २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



