काठमाडौं: कुमारी बैंक लिमिटेडले संस्थापक समूहका लागि १ लाख ३१ हजार ६ सय २८ कित्ता शेयर बिक्री खुला गरेको छ। बैंकले आफ्ना केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको यी शेयर अन्य इच्छुक संस्थापक लगानीकर्तालाई उपलब्ध गराउन आह्वान गरेको हो।
यी शेयर किन्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड (नक्साल, नागपोखरी) वा बैंकको प्रधान कार्यालय टंगालमा बुझाउन सकिनेछ।
यदि तोकिएको समयमा कुनै संस्थापकबाट आवेदन प्राप्त भएन भने उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कुमारी बैंकले जनाएको छ।



