काठमाडौं : बोटलर्स नेपाल (तराई)ले आफ्नो शेयरधनीहरूका लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यस प्रस्तावलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि मात्र शेयरधनीहरूले लाभांश पाउनेछन्।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो व्यवसायिक प्रगतिको प्रतिबिम्बस्वरूप उक्त लाभांश प्रदान गर्न लागेको बताइएको छ।
प्रस्तावित लाभांशबाट शेयरधनीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।



