२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

औषधीय गुणले भरिपूर्ण सलिफा: स्वास्थ्यका लागि वरदान

images

  • २०८१ मंसिर ६, बिहीबार
  • 3.3K
    SHARES
  • औषधीय गुणले भरिपूर्ण सलिफा: स्वास्थ्यका लागि वरदान

    काठमाडौं : सलिफा (कस्टर्ड एप्पल) आयुर्वेदिक दृष्टिकोणले निकै लाभदायक फल मानिन्छ। कब्जियतलगायत विभिन्न स्वास्थ्य समस्यामा यसको सेवन प्रभावकारी हुन्छ।

    यस फलमा भिटामिन सी, पोटासियम, भिटामिन ए, कपर, फस्फोरस, फाइबर र क्याल्सियमजस्ता पोषक तत्व भरपूर मात्रामा पाइन्छ, जसले यसलाई स्वास्थ्यका लागि लाभदायक बनाएको छ।

    पेटको बोसो घटाउन सहायक

    यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने सलिफा खान थाल्नुहोस्। यो फल पेटको बोसो घटाउन मात्र नभई समग्र पेट स्वास्थ्य सुधार्न पनि उपयोगी मानिन्छ। यसले पेट सम्बन्धी समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ।

    रक्तचाप र ब्लड सुगर नियन्त्रण

    सलिफाको सेवनले रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्छ, जसले मुटु सम्बन्धी समस्यामा राहत दिन्छ। साथै यसले ब्लड सुगर लेभललाई पनि नियन्त्रणमा राख्न मद्दत गर्छ। मधुमेह भएका व्यक्तिका लागि यसको सही र नियमित सेवन उपयोगी हुन्छ।

    प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोगी

    सलिफाको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ। यसले दिमागलाई तेज र हड्डीहरूलाई बलियो बनाउन भूमिका खेल्छ। यसका पोषक तत्वहरूले छालालाई समेत स्वस्थ र चम्किलो बनाउन सहयोग पुर्‍याउँछन्।

    सलिफा केवल स्वादमा मात्र होइन, पोषण र औषधीय गुणले भरिएको फल हो। यसलाई आफ्नो नियमित आहारमा समावेश गरेर तपाईं स्वस्थ जीवनशैलीको सुरुवात गर्न सक्नुहुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ