२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज यी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 1.3K
    SHARES
  • आज यी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौं: आज शुक्रबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

    रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरुमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।

    यसरी चिसोको सुरुआत भएसँगै यी क्षेत्रमा जाने यात्रु र स्थानीयले मौसमअनुसारको तयारी गर्न महाशाखाले सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ